प्रकाशित : १ पुष २०७६, मंगलवार १७:४८

विराटनगर, १ पुस । प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा आज सम्पन्न फाइनल खेलमा डनबस्को स्कुललाई सडन डेथमा पराजित गर्दै एभरेष्टले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय गोलरहित बराबरी र टाइब्रेकेरमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेटबाट लिइएको थियो । सडन डेथमा एभरेष्टका एस खनाल र नवीन न्यौपानेले गोल गरे । डनबस्को कृष्ण केसीले गोल गरे । प्रशेष थापा चुक्दा डनबस्को स्कुल उपविजेतामा खुम्चियो ।

एभरेष्ट स्कुलले उपाधिसँगै सुन र चाँदी जडित आकर्षक शिल्ड प्राप्त गरेको छ । यो रनिङ शिल्ड हो । फाइनल खेलको म्यान अफ दी म्याच डनबस्को स्कुलका दीपनारायण राजवंशी तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी एभरेष्ट स्कुलका सलिम चौधरी घोषित भए । त्यस्तै प्रतियोगिताको अनुसाशित टिम गोदावरी बोर्डिङ स्कुल घोषित भयो ।

प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, केन्दीय सचिव राजेशकुमार दास, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, नगर अध्यक्ष इन्द्र राई, अभिभावक संघ प्रदेश १ का अध्यक्ष देवी पन्थी र कोशी क्याम्पसका निर्देक मनिष सोनीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो । ट्रफीमा जडित १८ तोला चाँदी कोशी क्याम्पसले उपलब्ध गराएको आयोजकले जनाएको छ ।

सोही अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व केन्द्रीय उपाध्यक्ष सन्तोष बानियालाई प्याब्सन विराटनगरले सम्मान गरेको छ । उहाँलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा भएको प्रतियोगितामा ४० वटा टिमको सहभागिता रहेको प्याब्सन नगर सचिव अर्जुन श्रेष्ठले जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३