प्रकाशित : १ पुष २०७६, मंगलवार १७:००

विराटनगर, १ पुस । नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन भोलीदेखि विराटनगरमा शुरु हुँदैछ ।

प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महाधिवेशन मुल आयोजक समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुस २ गते देखि ४ गते सम्म हुने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

१७ सदस्यीय केन्द्रिय समिति चयन गरिने बताईएको छ । महाधिवेशनको पुस ३ गते प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ६४ जिल्लाबाट महाधिवेशनमा २ सय प्रतिनिधि सहभागि हुने महाधिवेशन मुल आयोजक समितिका संयोजक वेदराज पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय महाधिवेशनका अवसर पारि प्रदेश नं. १ का २ जना पत्रकारलाई पुरस्कृत पनि गरिने भएको छ । विराटनगरका पत्रकार मोहन भण्डारी र सुनसरीका पत्रकार हर्ष सुब्बालाई जनही २१ हजार १ सय राशीको पुरस्कार प्रदान गरिने निर्णय भएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनुभयो ।

महाधिवेशनका प्रतिनिधिलाई पुस ४ गते बुधनगरमा रहेको विराटराजाको दरवार, वर्जु गाउँपालिकामा रहेको बर्जु ताल र कोशी टप्पु बन्यजन्तु आरक्षको अवलोकन गराईने कार्यक्रम रहेको आयोजक समितिका संयोजक पौडेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३