प्रकाशित : ३० मंसिर २०७६, सोमबार १७:२५

विराटनगर, ३० मंसिर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको एभरेष्ट कलेज सिङ्गीङ आइडलको उपाधि कक्षा ११ की निहारिका बरालले जितेकी छन् । आज भएको फाइनल स्पर्धामा १० जना प्रतिष्पर्धिलाई पछि पार्दै गायन प्रतिष्पर्धाको उपाधि बरालले जितेकी हुन् ।

प्रतियोगितामा फष्ट रनरअप कक्षा १२ की बिशाजा खतिवडा र सेकेण्ड रनरअप कक्षा ११ की रोजिना घिमिरे बनेका छन् । कलेजका ३० जना प्रतिपष्धिहरुबाट छानिएर गएका १० जनाले फाइनल प्रतिष्पर्धामा भाग लिएका हुन् ।

एक महिनाअघि शुरु भएको अडिसनबाट तीन चरण पार गर्दै उनीहरु फाइनलसम्म पुगेका हुन् । प्रतियोगिताका बिजेताहरुलाई स्कुलका प्राचार्य टिकाराम पुरीले नगद राशिसहित शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

हरेक वर्ष गायन प्रतिष्पर्धाको नामबाट हुदै आएको प्रतियोगितालाई भव्यता प्रदान गर्दै कलेज आइडलको रुपमा आयोजना गरिएको कलेजका प्रशासन प्रमुख प्रवेश पौडेलले बताउनभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३