प्रकाशित : २९ मंसिर २०७६, आईतवार १७:३९

विराटनगर, २९ मंसिर । आगामी पुस १ गते देखि विराटनगरको जैन भवनमा विराट फुट वेयर एक्सपो हुने भएको छ । नेपाली जुत्ताघर प्रालिको आयोजनमा शुरु हुने महोत्सवमा नेपालका उत्पादित १० व्राण्डहरुको सहभागिता रहने छ ।

नेपाली जुत्ताको प्रर्वद्धन ब्राण्डिङ र नेपाली जुत्ता चप्पल उद्योगबारे जानकारी दिने उद्देश्यले आयोजना गएिको मेलामा ३ हजार बढी जुत्ता प्रर्दशनीमा राखिने भएको छ । मेलामा करिव १ करोड ५० लाखको कारोवार हुने लक्ष्य राखिएको आयोजक समितिका संयोजक होमनाथ उपाध्ययायले जानकारी दिनुभयो ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले करिव १ लाख ५० हजारले मेला अवलोकन गर्ने बताउनुभयो । उपभोक्ताले मेलामा १ सय रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको जुत्ता खरिद गर्न सक्ने उहाँले बताउनुभयो । हरेक जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको मेला संयोजक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार शिखर सुज, वीएफ डियर हिल सुज, रन सुज, शु ल्याण्ड, ल्याड वाक, हाई लाईफ सुज एण्ड स्लीपर ब्राण्डले मेलामा सहभागिता जनाउने छन् ।

मेला संयोजक उपाध्यायले सन २०२० सम्ममा ३ करोड जोर जुत्ताबाट ४ करोड ५० लाख जोर जुत्ता उत्पादन गरि बार्षिक १ करोड २० लाख निर्यात गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले नेपालमा करिव ८ देखि १० करोड जोर विभिन्न प्रकारका जुत्ता चप्पलको माग रहेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३