प्रकाशित : २९ मंसिर २०७६, आईतवार १७:३७

विराटनगर, २९ मंसिर । झापा, मोरंग र सुनसरीलाई जोड्ने गरि विद्युतिय रेलको तयारी शुरु गरिएको छ । इनरुवा–काकड्भिट्टा रेल्वे लाईन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी शुरु गरिएको हो ।

इनरुवा–काकड्भिट्टा खण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगर खण्ड २० दशमलव १६ किलोमिटर निर्माण गरिने प्रस्ताव गरिएको छ । ११ रेल्वे स्टेशनहरु मार्ग रेखामा प्रस्तावित छन् ।

१० स्टेशनहरु मुख्य लाईनमा र एउटा स्टेशन लिंक लाईनमा प्रस्तावित छन् । इनरुवा–काकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा ३ जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् । रेल्वेको परामर्शको काम दोहा इन जेभि विथ केआरएनए, सोसुङ एण्ड सिल्ट इन एसोसिएसन विथ इआरएमसी एण्ड मेटेरियल टेष्ट गौशाला काठमाण्डौंले गरेको छ । परापर्शकदाता संस्थाले आज विराटनगरमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन संवन्धि सार्वजनिक सुनुवाई गरेको छ ।

रेल्वे परियोजनाको लागि ९० अर्व रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । प्रतिघण्टा २ सय किलोमिटरको गतिमा गुड्ने विद्युतिय रेलले झापा, मोरंग र सुनसरीको ५ सय १२ दशमलव ६९ हेक्टर खेती योग्य जमिनलाई प्रभाव पार्ने देखिएको छ ।

आयोजना निर्माणका क्रममा ५३ दशमलव ६१ प्रतिशत जल क्षेत्र र ३३ हेक्टर वस्तीमा प्रत्यक्ष प्रभावपार्ने वातावरणीय विज्ञ रिकेश चित्रकारले बताउनुभयो । उहाँले मेन लाईनका ३ सय ५७ र लिंक लाईनका १ सय ९३ भौतिक संरचनामा प्रत्यक्ष असर पुग्ने बताउनुभयो । इनरुवा–काकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक लाईन सहितको कार्यन्वयनले ६ सय ६६ संरचनाहरु प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।

वातावरणीय विज्ञ चित्रकारले भन्नुभयो,‘विद्युतिय रेल निर्माणका क्रममा झापा र मोरंगका ५ वटा सामुदायिक वनको २० हेक्टर क्षेत्र प्रभावित हुनेछ ।’ वातावरण विज्ञ चित्रकारका अनुसार ८ सय ७४ वटा ठुला रुख काट्नु पर्ने देखिन्छ । सार्वजनिक सुनुवाईमा पुर्व मन्त्री शिव वस्नेत, नेपाली काँग्रेसका नेता भक्तिनाथ माझी, कटहरीका स्थानीयवासी विश्वनाथ माझी लगायतले योजना मात्र बन्ने काम नहुने गरेको भन्दै विद्युतिय रेल निर्माणका काम छिटो शुरु गर्नुपर्ने बताउनुभयो ।

रेल्वे लाईन, तटबन्ध तथा अन्य सुविधाहरको निर्माणको लागि करिव २ करोड ५१ लख ४३ हजार १ सय २८ घनमिटरको निर्माण सामाग्री लाग्ने बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३