प्रकाशित : २८ मंसिर २०७६, शनिबार १७:३२


विराटनगर, २८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी भएको छ ।
विराटनगरमा आज भएको दुई वटा खेल मैदानमा १४ वटा स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । विराटनगरस्थित सहिद मैदानमा भएको खेलमा बिकेभिएम, मालबिका, सगरमाथा, स्मृति, एभरेष्ट, मोर्डन, बाल्मीकी स्कूल विजयी भएको छ । यस्तै आजै डिपिएस स्कूलको खेल मैदानमा भएको प्रतियोगितामा कान्तिपुर, डनबक्सको, मदल्याण्ड, ग्रिनल्याण्ड, डिपिएस, डिएभि स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
सहिद मैदानमा भएको पहिलो खेलमा बिकेभिएम स्कूलले युनिक स्कूललाई ४–२ गोल अन्तरले पराजित गर्यो । दोस्रो खेलमा मालबिका स्कूलले लडबुद्ध निकेतनलाई १–० गोल अन्तरले हरायो । तेस्रो खेलमा सेन्टजेभियर्सले पूर्वाञ्चल विद्या सदनलाई ३–० गाले अन्तरले पराजित गरेको थियो । चौथोे खेलमा सगरमाथा स्कूलले मरिगोल्ड स्कूललाई ६– ० गोलको अन्तरले हरायो ।
पाँचौ खेलमा स्मृति स्कूलले सिद्धार्थ शिसु सदनलाई १–० गोलले जित्यो । छैठौं खेलमा एभरेष्ट स्कूलले वाकओभरमा विजयी भयो । भगवती स्कूल खेल अवधिरी नआएपछि एभरेष्टले वाकओभर पाएको थियो ।
सातौ खेलमा मोर्डन एराले कान्तिपुर स्कूलाई २–० गोल अन्तरले जित्यो । आठौं खेलमा बालविकी स्कूलले एजेलिया स्कूललाई ३–० गोलले हरायो । डिपिएस स्कुलको खेल मैदानमा भएको खेलमा कान्तिपुर स्कूलले मोरङ पब्लिकलाई १–० गोलले जित्यो । दोस्रो खेलमा डानबक्सको स्कूलले प्यारागनलाई ८–० गोलले हरायो ।
तेस्रो खेलमा मदरल्याण्ड स्कूलले ग्यालक्सी स्कूललाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्यो । चौथो खेलमा ग्रिनल्याण्डले ज्ञानुदय स्कूललाई १–० गोलले जित्यो । डिएभी र सारदा स्कूलले वाक ओभरमा जित हासिल गरेको छ ।
इडेन स्कूल र ओडीसि स्कूल नपाएपछि डिएभी र सारदा स्कूलले वाक ओभरमा खेल जितेको हो । पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिमको सहभागि छ ।