प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार १७:२७

विराटनगर, २७ मंसिर । मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयलाई किशोरीमैत्री बनाउने अयिभान थालिएको छ । यसअन्तर्गत दाता संस्थाको सहयोगमा विद्यालयका शौचालय किशोरीमैत्री बनाउने र महिनाबारी हुँदा किशोरीलाई आराम कक्षको समेत व्यवस्था गरिएको छ ।

विराटनगरको नारी विकास संघले वल्र्ड भिजनको सहयोगमा बुढीगंगा गाउँपालिका वडा नम्बर ६ मा अवस्थित नारायण माविमा बालमैत्री शौचालय र आरम कक्ष निमाण गरिदिएको छ । संस्थाकी कार्यक्रम अधिकृत सरिता अधिकारीका अनुसार कूल रु १० लाखको लागतमा ती संरचना निर्माण भएका हुन ।

विद्यालयका प्रधानाध्यापक भरतलाल चौधरीले निकै पुरानो र संयुक्त शौचालय प्रयोग गर्नुपर्दा समस्या रहेको बताउनुभयो । वडा नम्बर ७ को कमलपुरमा रहेको सर्वहितैषी आधारभूत विद्यालयमा वल्र्डभिजनकै सहयोगमा ४० लाखको लागतमा पक्की भवन निर्माण गरिएको छ । त्यहाँ पनि किशोरीमैत्री शौचालय निर्माण भएको छ । वल्र्डभिजन र एमडीएमएसले ती संरचना निर्माण गरेका हुन । वल्र्डभिजनका कार्यक्रम अधिकृत प्रमिल अधिकारीले निर्मित संरचनाले विद्यार्थीको पठन पाठनमा थप सहयोग पुग्ने बताउनुभयो ।

संस्थाले निर्माण गरेका संरचनाको आज जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलसहितको अनुगमन टोलीले निरीक्षण गरेको छ । प्रमुख पोखरेलले बनाइएका संरचनाको प्रयोग र संरक्षण सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । नारी विकास संघकी अध्यक्ष सीता शर्माले संस्थाहरु आउने जाने गरेपनि बनाइएका संरचनाको सहि सदुपयोग हुनुपर्ने सुझाव दिनुभयो ।

बुढीगगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले पालिकाले दुईवटा वडामा किशोरकिशोरीका लागि संस्थाले संचालन गरेको चेतनामुलक रुपान्तरण कक्षा अब आफैं चलाउने जानकारी दिनुभयो ।

सफल रुपान्तरण कक्षाका ओमप्रकाश विकले बालविवाह विरुद्ध चलाइएको अभियान निकै सार्थक देखिएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३