प्रकाशित : २६ मंसिर २०७६, बिहीबार १८:१०

विराटनगर, २६ मंसिर । भारतको जोगवनीदेखि लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउने गरेर तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर लिएर आउँदै गर्दा मोरङको केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्रीलाई पक्राउ गर्यो ।

उनलाई ब्राउन सुगर लिन पठाउने ४१ वर्षीय तेजबहादुर लिम्बू र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलम रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खत्रीले दिएकै जानकारीका आधारमा उनलाई ब्राउन सुगर ल्याउन भारत पठाउने लिम्बू र आलमलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनै जना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले आज म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताउनु भयो ।

सुरुमा जोगवनीबाट एक ग्राम छ सय मिलिग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको एक नम्बर ढाटबाट खत्री पक्राउ परेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३