प्रकाशित : २५ मंसिर २०७६, बुधबार १७:५६

विराटनगर, २५ मंसिर । मोरङ क्षेत्र नं. ६ का संघीय सांसद तथा पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय विकास कोष मार्फत निर्वाचन क्षेत्रमा ६ करोड रुपैया विकासका लागि विनियोजन गर्नु भएको छ ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला निर्वाचन क्षेत्र नं. ६ बाट निर्वाचित सांसद पण्डितले चुनावको बेला गरेको बाचाहरुलाई पूरा गर्नका लागि संघीय विकास कोषबाट बजेट विनियोजन गरेका हुन् ।

मोरङ क्षेत्र नं. ६ मा पर्ने तीन स्थानीय तह अन्तर्गत सडक, भवन लगायतका पुर्वाधार विकासका लागि बजेट विनियोजन भएको छ । सुन्दरहरैचा नगरपालिकामा मात्र १ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको छ । बुढिगंगा गाउँपालिकामा पनि १ करोड ९९ लाख बजेट विनियोजन भएको छ ।

विराटनगर महानगरपालिकाका लागि २ करोड २ लाख बजेट विनियोजन भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३