प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार १७:०५

विराटनगर, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा विधी र तिथी ओझेलमा परेको बताउनु भएको छ ।

आज कोशी अस्पताल विराटनगरको अनुगमनपछि मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा विधी र तिथी ओझेलमा परेको बताउनु भयो । करिब डेढ वर्ष कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका ढकालले स्वास्थ्य मन्त्रालयमा खरिदारदेखि मन्त्री आफैले फाइल बोक्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

‘फाइल त सिस्टमले तलदेखिमाथि सम्म जानुपर्ने हो’ उहाँले भन्नु भयो ‘ मन्त्रालयमा विधी र तिथी ओझेलमा रहेको पाएँ ।’ मन्त्रालयमा करिब १५ अर्ब हाराहारी बजेट रहेको बताउँदै उहाँले कर्मचारी राज्यप्रति भन्दा पनि दाताप्रति नै उत्तरदाहीजस्तो देखिएको आरोप लगाउनु भयो । ढकालकाअनुसार मन्त्रालयको बजेटमा ११ अर्ब हाराहारी दाताको सहयोग छ । कर्मचारीमा हाजिर गर्नुपर्छ भन्ने सोच भए पनि ड्युटी गर्नुपर्छ भन्ने सोच नभएको उहाँकोे भनाइ छ ।

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारी धेरै अध्ययन विदामा बसेको बताउँदै बिदाका कारण काममा प्रभाव परेको मन्त्री ढकालले बताउनु भयो । धेरै चिकित्सक र नर्सहरु अध्ययन विदामा बाहिर जानु भएको रहेछ,’ स्वाथ्य मन्त्रालयको जिम्मेवारी भर्खरै सम्हाल्नु भएका ढकालले भन्नु भयो ‘त्यहाँ जाने र पठाउनेलाई पढाई कहिले सकिन्छ भन्ने जानकारी छैन् ।’

मन्त्रालयमा अध्ययन विदा अस्तव्यस्त रहेकाले विधी सम्बद बनाउन लागिएको उहाँले बताउनु भयो । कानुन मन्त्रालयमा रहेर राम्रो काम गरेका कारण पार्टीले आफूलाई स्वास्थ्य क्षेत्रको विकृति सुधारका लागि जिम्मेवारी दिएको मन्त्री ढकालले बताउनु भयो । ‘कानुन मन्त्रालयमा हुँदा परीक्षा पास गरेँ’ उनले भन्नु भयो, ‘ यो परीक्षा पनि पास गर्नुछ ।

तर मलाई काम गर्न ६ कक्षा सरकारी स्कुलमा पढेको विद्यार्थीलाई सोही कक्षाको बोर्डिङमा भर्ना गरेजस्तै गाह्रो भएको छ ।’ अध्ययनको काम गरिरहेको बताउँदै उहाँले आफू बस्दा सुधारको संकेत दिएर छाड्ने बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३