प्रकाशित : २५ मंसिर २०७६, बुधबार १३:५८

विराटनगर, २५ मंसिर । प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश’ नाटक आरोहण गुरुकुलमा मञ्चन हुने भएको छ । विराटनगर हाटखोलास्थित आरोहणको सुशीला कोइराला नाटकघरमा यही मंसिर २८ गते शनिबारदेखि नाटक मञ्चन हुन लागेको हो ।

विराट आदर्श साहित्य मञ्चले तेस्रो पटक छिंडीभरिको आकाश नाटक मञ्चन गर्न लागेको हो । दुव्र्यसनविरुद्ध यो नाटकले दर्शकको मन जित्ने आयोजकको दाबी छ ।

यसअघि २०७४ सालमा २ पटक सो नाटक मञ्चन भइसकेको छ । दर्शकबाट अत्यधिक रुचाइएको नाटक छिडीभरिको आकाश दोस्रो पटक मञ्चन भए पनि समय अभावका कारण सबै दर्शकले हेर्न पाएका थिएनन् । छिडीभरिको आकाश नाटकमा कुलतमा फसेको परिवारको चित्रण गर्नुका साथै आर्थिक रूपमा विपन्नको परिवारको वेदनालाई देखाइएको छ ।

विराट आदर्श साहित्य मञ्चको प्रस्तुति रहेको नाटकको नाट्य रूपान्तरण र निर्देशन कटवाल दीपकले गरेका छ्न भने सहनिर्देशन रमेश तिमल्सिनाले गर्नुभएको छ । मञ्चन हुनु अगावै २० वटा शो बुकिङ भैसकेको र अन्य स्कुल कलेजहरूले चासो देखाइरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेका छन् ।

नाटकका लागि मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक मञ्चन गरिसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३