प्रकाशित : २३ मंसिर २०७६, सोमबार १३:४०

विराटनगर, २३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाले मुलुकको आर्थिक सम्बृद्धिका लागि राजनीतिक सहमती अपरिहार्य रहेको वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले मुलुुकको हितकालागि कांग्रेस सधै सहमती चाहेकोमा जोड दिनुभयो । उहाले कांग्रेसको भुमिका यतिखेर मुख्य प्रतिपक्षमा रहेपनि मुलुकको विकासका लागी सरकारसंग सहकार्य गर्न तयार रहेको वताउनुभयो । उहाले संविधानको सफल कार्यान्वयका लागी पनि सहमतीको विकल्प नभएको वताउनुभयो ।

महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो माग पुरागर्ने नाममा कहिले पनि सडकमा टायर वालेर आन्दोलन नगरेकालेपनि सकारात्मक प्रतिपक्षको भुमिका निर्वाह गरिहेको प्रष्ट हुने बताउनुभयो ।

महामन्त्री कोइरालाले सरकार गठन भएको दुईवर्ष वितिसक्दापनि ठोस योजना दिन नसकेको भन्दै दुई तिहाईको वलियो सरकारले जनतालाई केन्द्र विन्दुमा राखेर विकास निमार्णमा लाग्नुपर्ने वताउनुभयो ।

दुई तिहाईको सरकारप्रति जनताको ठुलो विश्वास रहेकाले पनि गरिव जनताको सपना पुरागर्न विकास प्रती सरकार उन्मुख हुनुपर्ने उहाको भनाई थियो । उहाले धर्म निरपेक्ष भन्दा पनि धर्म स्वतन्त्रताको पक्षमा आफु रहेको वताउनुभयो । हिन्दुराष्ट्र आफ्नो एजेन्डा धर्म स्वतन्त्र हुनुपर्छ भन्ने आफनो जिकिर रहेको उहाले बताउनुभयो ।

महामत्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्ने वताउनुभयो । उहाले कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एकवर्ष सम्म थप्ने व्यवस्था भएपनि ६ महिना वा एक वर्ष मात्र महाधिवेशनको म्याद थप्दा उचित हुने वताउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३