प्रकाशित : २२ मंसिर २०७६, आईतवार १८:३४


विराटनगर २२ मंसिर । समाजसेवी शुसिला चापागाईको चौथो स्मृति दिवस आज एक कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा समाज सेवामा लामो समय देखि योगदान गर्नु भएका २ जना समाजसेवी विराटनगर ६ का गोबिन्द पोखरेल र विराटनगर ३ का दुर्गा दाहाललाई सुशिला चापागाईं स्मृती समाज सेवा पुरस्कार प्रदान गरिएको छ ।
नारी विकास संघको केन्द्रिय कार्यालय कटहरी मोरंगमा कटहरी गाउपालिकाका प्रमुख रामकुमार कामतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार प्राज्ञ दधिराज सुवेदी, वडाध्यक्ष कपुर माझि,सल्लाहकार विनयहरि दाहाल, करूणा जोशी, एबसि नेपालकी अध्यक्ष बिष्णु शर्मा, नारी बिकास संघको केन्द्रीय अध्यक्ष सीता शर्माले शुसिला चापागाईंले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।