प्रकाशित : २० मंसिर २०७६, शुक्रबार १७:३३

विराटनगर, २० मंसिर । मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मोरङको बुढीगंगा गाँउपालिका ४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्धारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो । मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढीको सम्पति मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्नुभयो । पोलिटेक्नीका अध्यक्ष पोखरेल र विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री एवम सहकुलपति घिमिरेले सम्पति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गर्नुभएको थियो ।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० विगाहा जग्गा र ३१ वटा भवन र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले नेपालै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय निर्माण गरेको बताउनुभयो ।

उहाँले नेपालमा रहेका अन्य विश्वविद्यालयको तुलनामा मनमोहन प्राविधिक विश्वविद्यालय पृथक भएको बताउनुभयो । उहाँले प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विश्वविद्यालयलाई विकास गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयले एक वर्ष भित्रमा पठन पाठन शुरु गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरेपनि प्रदेश भित्र मात्र सिमित नरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य विश्वविद्यालय जस्तै यो पनि विश्वव्यापी रुपमा रहने छ ।’

प्रतिकुलताकावीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक पास गरेर मात्र मुर्तरुप दिन सकिएको उहाँले स्मरण गर्नुभयो । पोलिटेक्निका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले नेपाल सरकारले हरेक प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँले अवको शिक्षा ७० प्रतिशत प्राविधिक र व्यवसायिक हुनु पर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेल मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेश १ का १४ वटै जिल्लाका स्थानीय सरकारसँग समन्वय गरि विश्वविद्यालयका कार्यक्रमलाई फैलाउने बताउनुभयो ।

उहाँले मनमोहन पोलिटेक्निकले विगतदेखीनै शिक्षा र प्राविधिक अध्ययन क्षेत्रमा विशिष्ट भूमिका खेलकै कारण तीनपटकसम्म राष्ट्रिय सम्मान हासिल गर्न सफल भएको बताउनुभयो । प्रदेश सभाले मनमोहन प्राविधि विश्वविद्यालय संवन्धि विधेयक गत असोज ६ गते संसदबाट पारित गरेको थियो ।

विधेयकलाई असोज १६ गते तत्कालिन प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले प्रमाणिकरण गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३