प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार १३:४७

विराटनगर १३ मंसिर । सिर्जना फाईनान्स लिमिटेड विराटनगरले ९० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ ।

चुक्ता पूँजी ४६ करोड ७ लाख ८४ हजारको ६० प्रतिशत हकप्रद शेयर २७ करोड ६४ लाख ६९ हजार दुईसय गत असोज १७ गते देखि विक्री खुला गरेको थियो ।

सबै शेयर तोकिएको म्याद ३५ दिन भित्र बिक्रि नभएकाले धितोपत्र दर्ता तथा निष्काशन नियमाबली, २०७३ को नियम १८ को उप नियम (२) बमोजिम १५ दिन म्याद थप गरी मंसीर ६ गतेसम्म हकप्रद शेयर बिक्रिकालागि खुला गरीएको थियो ।

थपिएको म्याद समेत गरी सनराईज क्यापिटलबाट १ करोड ९३ लाख ३० हजार दुईसय, आश्वाबाट २ करोड ९५ लाख २८ हजार एकसय र सिर्जना फाईनान्सबाट १९ करोड ७० लाख ८९ हजार ३ सय गरी २४ करोड ५९ लाख ४८ हजार हकप्रद शेयर खरिदकालागि रकम जम्मा भएको छ । करिव ९० प्रतिशत हकप्रद शेयर बिक्रि भएको छ ।

बिक्रि हुन बाँकि ३ लाख ५ हजार २ सय १२ कित्ता संस्थापक तथा सर्बसाधारण शेयरलाई छिटै शिलबन्दी बोलपत्रको माध्यमले बिक्रि गरीने बैंकका कम्पनी सचिव प्रभाकर देवकोटाले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३