प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार १३:४५

विराटनगर, १३ मंसिर । विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल अगाडि सञ्चालनमा रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक रविन्द्र महतोले एम्बुलेन्स चालकमाथि कुटपिट गरेका छन् ।

सिरहाको धनगढी नगरपालिका–७ घर भएका २१ वर्षीय महतोले आफ्नो फार्मेसीमा औषधि किन्न बिरामी नपठाएको भन्दै एम्बुलेन्स चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का ५२ वर्षीय रामकुमार राईलाई कुटपिट गरेका हुन् ।

आज बिहान भएको कुटपिटबाट पूर्णबहादुर स्मृति प्रतिष्ठानको को १ च ६४५४ नम्बरको एम्बुलेन्सका चालक राई घाइते भएका छन् । उनको दायाँ आँखा र ढाडमा चोट लागेको छ ।

कुटपिटमा संलग्न फार्मेसी सञ्चालक महतोलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनु भयो । प्रहरीकाअनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको सिरहाका अढाई वर्षीय बालक आशिष यादवलाई लिएर एम्बुलेन्स विराटनगर आएको थियो ।

विराटनगर अस्पताल भित्र प्रवेश नगरिकन बिरामीका आफन्तलाई आफ्नो फार्मेसीबाट औषधि किन्ने वातावरण बनाइदिन आग्रह गरेको र त्यस क्रममा विवाद हुँदा चालकमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको केही बेरमै बिरामी बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३