प्रकाशित : १२ मंसिर २०७६, बिहीबार १७:४०

विराटनगर, १२ मंसिर । योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू भएको एक वर्ष पूरा हुँदा पनि न्युन संख्यामा प्रतिष्ठानहरू सूचिकृत भएको भन्दै श्रमिकहरू आन्दोलित भएका छन् । सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरका श्रमिकहरू आन्दोलित भएका हुन् ।

संयुक्त टेड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाइमा विराटनगरमा आज श्रमिकहरूले वृहत र्याली निकालेका छन् । सरकारले तोकेको समय सिमा भित्र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरिनुपर्नेलागयतको माग राख्दै उनीहरूले र्याली निकालेका थिए । विराटनगरस्थित अतिथि सदनबाट निकालिएको र्यालीमा सहभागी श्रमिकले नगरको विभिन्न भाग परिक्रमा गरि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलाई ज्ञापन पत्र बुझाए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालाई भेटेर संयुक्त टे«ड युनियनका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाए । र्याली पछि आयोजित कोण सभामा बोल्दै संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष किशोर धमलाले योगदानमा आधरित सामाजिक सुरक्षा कोष ल्याएको एक वर्ष बितिसक्दा पनि न्यून संख्यामा सुचिकृत गरिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनु भयो । ‘सुचिकृतको समय पटक–पटक थप गर्दै जानु र रोजगारदाता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सुचिकृतमा ढिलाई भइरहेको छ,’ उहाँले भन्नु भयो, ‘सुचिकृतमा ढिलाइ भएकोले आन्दोलनमा उत्रिनु परेको हो ।’

सरकाले ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेश १ का अध्यक्ष टिका प्रसाई, उपाध्यक्ष उपेन्द्र राय, नेपाल टे«ड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशील कोइरालालगायले श्रमिकको त्याग र संघर्षबाट आएको योगदानमा आधारित सामािजक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सुचिकृत भइ प्रभावकारी रुपमा कार्यन्वयन गरिनुपर्ने बताउनु भायो । हालसम्म कोषमा १ लाख १५ हजार ६ सय श्रमिक सूचीकृत भएका छन् भने १० हजार ४ सय ७७ उद्योग प्रतिष्ठान आबद्ध भएका छन् ।

हालसम्म कोषमा १७ करोड योगदान रकम संकलन भएको छ । जसमध्ये प्रदेश १ बाट १५ हजार ७ सय ३५ श्रमिक सूचीकृत भएका छन् भने १ हजार ७ सय ६ वटा मात्र उद्योग प्रतिष्ठान सुचिकृत भएको छ । कोषमा हालसम्म २ वटा मृत्यु दाबी र ७ वटा मातृत्व स्याहार दाबी परेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३