प्रकाशित : १० मंसिर २०७६, मंगलवार १७:४८

विराटनगर, १० मंसिर । मोरङ प्रहरीले एकै दिन ४६ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर पनि फरार रहेका प्रतिवादीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो ।

लुकिछिपी बसेको सूचनाका आधारमा परिचालित प्रहरीको विशेष टोलीले पक्राउ गरेर फरार प्रतिवादीलाई आज अदालतमा बुझाइएको उहाँको भनाइ छ ।

पक्राउ पर्नेमा चोरी, लागुऔषध, अंश चलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाइएका प्रतिवादीहरु रहेका छन् ।

पक्राउ पर्ने अधिकांशलाई अदालतले विभिन्न समयमा दुई सय रुपैयाँ जरिवाना गरेको थियो । प्रतिवादीहरु पक्राउ गर्दा ६५ हजार रुपैयाँ जरिवाना र एक महिना कैद असुल भएको डीएसपी खिँउजुले बताउनु भयो । पक्राउ गरेर अदालत बुझाइएका अधिकांश जरिवाना रकम दाखिला गरेर छुटेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३