प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १७:५०

विराटनगर, ९ मंसिर । संघियता पछिको पहिलो स्वास्थ्य सर्वेक्षणमा प्रदेश नं. १ को स्वास्थ्य अवस्था सकारात्मक देखिएको छ । राष्ट्रिय तथ्यांकको तुलनामा प्रदेश नं. १ को स्वास्थ्य अवस्था सकारात्मक देखिएको हो ।

विराटनगरमा सार्वजनिक गरिएको स्वास्थ्य सर्वेक्षणमा प्रदेश नं. १ को स्वास्थ्य स्थिति राष्ट्रिय तथ्यांकसँग तुलना गर्दा राम्रो देखिएको हो । सर्वेक्षण धनकुटा बाहेकका १३ जिल्लाका ३७ वडामा गरिएको थियो । गत फेब्रुअरि देखि मे २०१९ सम्म गरिएको नेपालमा नसर्ने रोग संवन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) मा सो तथ्य देखिएको छ ।

सर्वेक्षणमा जनसांख्यिक र बानि व्यहोरा संवन्धि सुर्तीजन्य पदार्थ, मदिरा, आहार, शारिरिक क्रियाकलापको विवरण संकलन गरिएको थियो । सर्वेक्षणमा प्रदेशका ३७ वटा वडा समेटिएको नेपाल स्वास्थ्य अनुसंधान परिषद्का डा.मेघनाथ धिमालले बताउनुभयो । सर्वेक्षणमा १५ देखि ६९ वर्ष उमेर समुहका वयस्यकहरु सहभागि भएका थिए ।

सर्वेक्षणमा ७ वटै प्रदेशका ५ हजार ५ सय ९३ जना सहभागी भएको उहाँले बताउनुभयो । उहाँले सन् २०२४ मा स्टेप्स सर्वेक्षण पुन गरिने बताउनुभयो ।

प्रदेश नं. १ मा दीर्घरोगको जोखिम कम देखिएपनि स्वास्थ्य समस्या भने विकराल नै देखिएको विज्ञहरुले औल्याएका छन् । उनीहरुले प्रदेश र स्थानीय सरकारले पनि स्वास्थ्य सर्वेक्षण गर्न आवस्यक रहेको बताएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३