प्रकाशित : ७ मंसिर २०७६, शनिबार १७:४५

विराटनगर ७, मंसिर । विराटनगरमा शनिबारबाट ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुभयो ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उहाँले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, माया र मफलर, आवरण, हाट भर्ने मानिस, म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु लगायत दर्जन कविता वाचन गर्नुभयो ।

हरेक महिनाको पहिलो शनिबार ख्यातीप्राप्त नेपाली कविहरुको एकल कविता वाचन गर्ने गरी आजबाट ‘काव्यारोहण’ सुरु गरिएको आयोजकले जनाएको छ ।

कला–साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले नेपाली कविताको संवद्र्धन–प्रवद्र्धन गर्ने उद्देश्यले कविता यात्रा सुरु गरेको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।

शनिबारको कार्यक्रममा कविता सुन्न राष्ट्रियसभा सदस्य खेम नेपाली, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, साहित्यकार दधिराज सुवेदीलगायत साहित्यकार, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कविता यात्राको संरक्षक तथा प्रवद्र्धकको रुपमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३