प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार १७:३७

विराटनगर, ६ मंसिर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले सिंघिया नदी सरक्षणका लागि अग्रसरता देखाएको छ । नदी बग्ने मोरंगको बुढीगंगा देखी नेपाल–भारत बोर्डर सम्मको ३२ किलोमिटर क्षेत्रमध्ये घिनाघाट देखि जहदा सम्मको करिव १० किलोमिटर क्षेत्रको संरक्षण र सफाईका लागि मन्त्रालयले अभियान शुरु गर्न लागेको हो ।

नदी प्रदुषित हुँदा वातावरणीय चुनौतिसँगै नदीको जीवनमाथि संकट उत्पन्न भएकाले संरक्षण र सफाईका लागि अभियान सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सिंघिया नदी संरक्षण तथा सफाई अभियान संवन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले सिंघिया नदीलाई नदीका रुपमा स्थापीत गर्ने उद्देश्यले अभियान शुरु गर्न लागिएको बताउनुभयो । सिंघिया नदीमा संभावना भएपनि उपयोग हुन नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो ।

प्रदेशसभा सदस्य केदार कार्कीले सिंघिया नदी संरक्षण गर्न नसके नदीको जीवन सकिने बताउनुभयो । उहाँले सिंघियासँगै केशलियाको बारेमा पनि अहिल्यै सोच्नुपर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले नदीको विकास र संरक्षणमा ध्यान नदिँदा संकटमा परेको बताउनुभयो । नदीलाई प्राकृतिक प्राणीका रुपमा व्यवहार गर्न आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । नदी संरक्षण संवन्धि आवस्यक कानुन नहुँदा संरक्षणमा समस्या भएको बताउनुभयो ।

नदी कानुन निर्माण आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । सिंघिया नदीको क्षेत्र निर्धारण गरि संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । संयुक्त नगर समन्वय समितिका अध्यक्ष मेघराज श्रेष्ठले नदीलाई सफा राख्न निरन्तर सफाई गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले नदी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीको ब्यवस्थापन नगरि नदीको सफाई र संरक्षण गर्न नसकीने बताउनुभयो ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले नदी संरक्षण समिति निर्माण गरि दीर्घकालिन र अल्पकालिन योजना निर्माण गर्न सुझाव दिनुभयो । पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले नदीको संरक्षणका लागि सफाई तत्काल शुरु गर्नुपर्ने बताउनुभयो ।

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय विराटनगरका इन्जिनियर रञ्जनबहादुर सिंहले नदी संरक्षणका लागि करिव १ अर्व बजेट लाग्ने बताउनुभयो ।

नदी संरक्षण संवन्धिको कार्यपत्र प्रस्तुत गर्दै उहाँले घिनाघाट देखि उत्तर र जहदा देखि दक्षिण नदी प्रदुषित नभएको बताउनुभयो । करिव २ अर्व बजेटमा नदीमा आरसीसी गर्न सकिने उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३