प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १३:००

विराटनगर, ५ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ ले सार्वजनिक सवारीमा स्टीकर टाँस्ने अभियान शुरु गरेको छ ।

अपाङ्गता सिटमा ५० प्रतिशत भाडा छुटको नीतिगत व्यवस्थालाई कार्यन्वयनका लागि प्रदेश नं. १ को विराटनगर र काकडभिट्टाबाट अभियानको शुरुवात गरिएको प्रदेश अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सरकार, ट्राफिक प्रहरी र वस व्यवसायीसँगको सहकार्यमा विराटनगर वसपार्क र काकडभिट्टा बसपार्कबाट छुट्ने र भित्रीने सार्वजनिक बसमा अपाङ्गता सिटमा ५० प्रतिशत भाडा छुट लेखिएको स्टिकर टाँस्ने काम हिजोदेखि शुरु गरिएको उहाँले बताउनुभयो ।

आज साँझ सम्ममा विराटनगर वसपार्क र काकडभिट्टा वसपार्कबाट छुट्ने र भित्रीने सार्वजनिक सवारीमा स्टीकर टाँसी सकिने महासंघका कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो । उहाँका अनुसार भोली सुनसरीको धरान वसपार्कमा कार्यक्रम गरिने छ ।

नेपाल सरकारको नीतिगत व्यवस्था बमोजिम सार्वजनिक यातायातमा सुविधा नपाएपछि अभियान सञ्चालन गर्नु परेको उहाँको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३