प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १२:४४

विराटनगर, ५ मंसिर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ ।

७ हजार सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अन्र्तगत पहिलो चरणमा १ सय विद्यालय घोषणा गरेको सामाजिक विकास मन्त्रालयले दोश्रो चरणमा १ सय १२ वटा विद्यालय घोषणा गरेको छ । पहिलो चरणमा शिक्षा दिवसको अवसरपारि मोरंगको बुढीगंगाबाट ६४ वटा स्थानीय तहका १ सय विद्यालयमा डिजिटल साक्षरता घोषणा गरिएको थियो ।

दोश्रो चरणको कार्यक्रम संखुवासभाबाट घोषणा गरिएको छ । चालु आर्थिक बर्षमा २ सय १२ सामुदायिक विद्यालय सूचना प्रविधिमैत्री बन्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । पहिलो र दोश्रो चरणमा डिजिटल साक्षरता शुभारम्भ गरिएका विद्यालयले नजिकका अन्य विद्यालयलाई प्राविधिक सहयोग गर्नुपर्ने मन्त्री घिमिरे बताउनुभयो । उहाँले भन्नुभयो,‘ विद्यालयको प्राविधिक सहयोगमा व्यवस्थापकीय काम स्थानीय तहले गर्ने छ ।’

प्रदेशभित्र आगामी १० वर्ष भित्रमा झोला र किताव मुक्त गर्ने अभियान अन्र्तगत मन्त्रालये अहिले डिजिटल साक्षरतालाई जोड दिएको उहाँले बताउनुभयो । विद्यालयमा डिजिटल साक्षरतासँगै आमाहरुलाई पनि विद्यालयसँग जोड चाहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘बालबालिकालाई कम्प्युटरबाट शिक्षा लिने बानिको विकास गर्नु आवस्यक छ ।’ दुर्गम क्षेत्रमा विज्ञान र गणित शिक्षकको अभाव हुने भएकाले अनलाईन शिक्षाका लागि विभिन्न विज्ञहरुसँग मन्त्रालयले परामर्श गरिरहेको मन्त्री घिमिरेले बताउनुभयो ।

दोश्रो चरणको अभियान शुभारम्भसँगै संखुवासभाको मादी नगरपालिकाको मादी मावि र धर्मदेवी नगरपालिकाको सिंहेश्वरी माविमा कम्प्युटर ल्यावको पनि उद्घाटन गरिएको छ । सामुदायिक विद्यालयले दिने शिक्षा गुणस्तरिय बनाउनका लागि पनि प्रविधिमैत्री शिक्षाको आवस्यकता रहेको प्रदेश नं. १ को सामाजिक विकास संसदीय समितिकी सभापति सरिता खड्काले बताउनुभयो । उहाँले सीपमुलक शिक्षाको आवस्यकता रहेको बताउनुभयो ।

मादी नगरपालिकाका प्रमुख विदुरकुमार लिङथेप र धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमीले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता आवस्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा डिजिटल साक्षरताको शुरुवातसँगै शैक्षिक गुणस्तरमा सुधार हुने संखुवासभाको मादी माविका प्रधानाध्यापक शान्तिकुमार दाहालले बताउनुभयो ।

 

मन्त्रालयले इक्वालिटी फाउण्डेसन र युनाईटेड वल्र्ड स्कुल्स नेपालसँगको सहकार्यमा डिजिटल साक्षरता अभियान सञ्चालान गरिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३