प्रकाशित : ४ मंसिर २०७६, बुधबार १५:२८

विराटनगर, ४ मंसिर । प्रदेश नं. १ का पहाडी जिल्लाका जनप्रतिनिधिहरुले प्रदेश सरकार समक्ष कृषिमा विशेष जोड दिन आग्रह गरेका छन् । तराईको तुलनामा पहाडी क्षेत्रमा व्यवसायिक खेतीगर्न सकिने भएकाले सोही अनुसारको व्यवस्था गर्न स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले प्रदेश सरकार समक्ष आग्रह गरेका हुन ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) प्रदेश नं. १ इटहरीले धनकुटामा आयोजना गरेको छोटो तालिम संवन्धि जानकारी कार्यक्रममा धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख विर्खबहादुर राईले पाख्रीबासमा कृषिको संभावना रहेकाले तरकारी खेतीका लागि आवस्यक पर्ने विभिन्न तालिमको माग गर्नुभयो । उहाँले सरल ऋणको व्यवस्था गरिदिन पनि आग्रह गर्नुभयो । भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख वीरवहादुर राईले निर्वाहमुखी खेतीको अन्त्यगरि व्यवसायिक खेतीका लागि नगरपालिका लागि परेकाले सोही अनुसारको तालिमको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

षडानन्द नगरपालिकामा महको उत्पादन अत्यधिक भएपनि बजार पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ अरबौंको मह नष्ट भएर गईरहेको छ, जम्मा गर्न सकिएन ।’ मह संकलन गरि बजार सम्म पुर्याउन सके अरबौंको आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले पहाडी जिल्लामा अर्गानिक खेतीमा जोड दिनुपर्ने बताउनुभयो । संखुवासभाको धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले उर्वर भुमी भएपनि आवस्यक तालिम र बजारीकरणको समस्या भएको बताउनुभयो ।

फूल अत्यधिक उत्पादन भएपनि वजार सम्म पुर्याउन नसक्दा आम्दानी गर्न नसकीएको बताउनुभयो । संखुवासभाको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले रद्राक्ष संवन्धि राष्ट्रिय नीति नहुँदा श्रोत भएर पनि यसको स्थायीत्व हुन नसकेको बताउनुभयो । उद्योगका रुपमा स्थापित गर्नका लागि आवस्यक नीतिको अभाव भएको बताउनुभयो । अलैची उत्पादनका लागि संखुवासभा दोश्रो जिल्ला भएपनि मरेर सखाप हुँदै गएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारलाई पर्यटन र होटल व्यवसाय संवन्धि तालिमको आवस्यक रहेको बताउनुभयो । उहाँले खाँदबारीमा ड्रागन फुड उत्पादन गर्न चाहेको बताउनुभयो । धनकुटा नगरपालिकाकी उपप्रमुख सकुन्तला बस्नेतले किसानले परम्परागत रुपमा खेती गर्ने गरेका कारण व्यवसायिक वन्न नसकेको बताउनुभयो ।

किसानका लागि कृषि प्राविधिक तालिमको आवस्यक रहेको बताउनुभयो । धनकुटामा १ सय २० प्रजातीका जडिबुडी उत्पादन गर्न सकिने भएकाले प्रदेश सरकारले यसमा ध्यान दिन आवस्यक रहेकोमा उहाँको जोड थियो ।

कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहाडी जिल्लाका जनप्रतिनिधिहरुलाई स्थानीय पहिचान झल्कने र संभावना भएका व्यवसायमा लाग्न जोड दिनुभयो । उहाँले आवस्यक तालिम छनौट गरि समूह बनाएर सिटिईभिटीमा प्रस्तावना ल्याउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

मन्त्रालयले तराईका जिल्लामा स्वरोजगारमुलक तालिम र पहाडी जिल्लामा व्यवसायिक कृषि खेतीमा जोड दिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ पहाडी जिल्लामा कृषिमा संभावना धेरै भएकाले सोही अनुसार गर्न भनिएको छ ।’ चालु आर्थिक वर्षमा प्रदेश १ का १४ वटा जिल्लामा व्यवसायिक तालिमका लागि १३ करोड बजेट छुट्याईएको सिटिईभिटीका प्रदेश नं. १ प्रमुख शिव दाहालले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३