प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार १७:४३

विराटनगर, २९ कात्तिक । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैली अप्राकृतिक बन्दै गएको बताउनु भएको छ । सुख सुविधा उपभोग गर्न तर्फ लाग्दा जीवन शैली अप्राकृतिक बन्दै गएको उहाँको भनाई ।

विराटनगर महानगरपालिकाले जीवन विज्ञान प्रतिष्ठान काठमाण्डौंसँगको सहकार्यमा आज आयोजना गरेको अध्यात्म विज्ञान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री घिमिरेले जीवन विज्ञान प्रतिष्ठानको अभियान सवैको साझा अभियान बन्नुपर्ने आवस्यक रहेको बताउनुभयो । खानपिन र आहार व्याहारका कारण मानिसमा बाँझोपनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।

पछिल्लो समय भावी पुस्ताहरु दुव्र्यसनमा फस्दै गएको भन्दै मन्त्री घिमिरेले चिन्ता व्यक्त गर्नुभयो । जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले योग र ध्यानले मानिसले आफ्नो आयु १४ वर्ष बढाउन सक्ने बताउनुभयो ।

मानव जीवनमा योग र ध्यान आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

अहिलेको युग विज्ञानको भएकाले जीवन विज्ञान भएको शर्माको भनाई छ । उहाँले मानवमा शत्विचार, सत्कर्म, प्राणायाम र ध्यान आवस्यक रहेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३