प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार १४:१५

विराटनगर, २९ कात्तिक । प्रदेश १ को राजधानी विराटनगरलाई सवारी जाममुक्त बनाउने कार्ययोजना ट्राफिक प्रहरीले ल्याएको छ । सवारी साधनको चाप बढेसँगै भद्रगोल बनेको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएर विराटनगर महानगरपालिकालाई सवारी जाममुक्त बनाइने भएको हो ।

यसका लागि आजैदेखि मोरङ ट्राफिकमा प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी निरीक्षक राकेशकुमार पोद्धारले महानगर र प्रदेश सरकार समेतका सरोकारवाला निकायसँग पहल थालिसक्नु भएको छ । विराटनगरमा ‘वाइपास’ सडक नभएकाले पनि जामको समस्या बेहोर्नु परेको बताउँदै पोद्धारले व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण, बढ्दो सिटी सफारी र टेम्पो व्यवस्थापन मुख्य प्राथमिकतमा राखिएको जानकारी दिनु भयो ।

त्यस्तै फुटपाथका पसलको व्यवस्थापन, ट्राफिक निगरानी, चालक लक्षित जनचेतनामुलक कार्यक्रम, ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही र जथाभावी सवारी साधन रोक्ने प्रवृत्तिको अन्त्य गरेर प्रदेश राजधानीलाई जाममुक्त बनाइने उहाँको भनाइ छ । प्रहरी निरीक्षक पोद्धारले ट्राफिकका तर्फबाट पनि पार्किङस्थलको पहिचान र व्यवस्थापन गर्ने काम थालिएको जानकारी दिनु भयो । ‘लामो तथा छोटो दूरीका सवारी साधनले यात्रुलाई धेरै हैरान दिने गरेको पाइयो ।

कुनैले छोटो दूरीका यात्रु नउठाउने र यात्रु उठाउनेले पनि बढी भाडा लिने गर्दा रहेछन्,’ उहाँले भन्नु भयो , ‘त्यसलाई रोक्दै सबै खाले सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने छ ।

म आफै ‘फिल्ड’ मा खटिएर सबै खाले सवारी साधनको निगरानी गर्ने छु ।’ उहाँले राजमार्ग तथा भित्री सडकका बीच भागमा रहेका पोलहरु सडक तथा महानगर लगायतका सरोकारवालासँग समन्वय गरेर तत्काल हटाइने र सवारी साधनको प्रदूषण जाँचको व्यवस्था पनि चाँडै गरिने जानकारी दिनु भयो ।

त्यस बाहेक ट्राफिक चेकजाँच, मापसे गर्ने लगायतका नियम उल्लंघन गर्नेलाई कारबाही, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन, जेब्राक्रस निर्माण समेतका नियमित ट्राफिकिङलाई निरन्तरता दिइने पोद्धारको भनाइ छ ।

उहाँले कोसी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौकदेखि बरगाछीसम्मको २ किलोमिटर सडक खण्डलाई ‘नो पार्किङ जोन’ बनाइने बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३