प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १७:२५


विराटनगर, २८ कात्तिक । विराटनगर राजवंशी चौकको दर्पण नेशनल स्कुलमा कान शिविरको आयोजना गरिएको छ ।
लायन्स क्लव विराटनगर फ्युजन र कमला मेडिकल विराटनगरको संयुक्त आयोजना भएको शिविरमा १ सय २२ विद्याथीको कानको परिक्षण गरिएको थियो ।
कान परिक्षण गरिएका विद्यार्थी मध्ये ३८ जनाको कानमा समस्या भएको पाईएको छ । कमला मेडिकलका सन्तोष गौतमका अनुसार कानमा समस्या देखिएका ३८ विद्यार्थी मध्ये ३५ जनाको कानभित्र कानेगुजी रहेको थियो ।
परिक्षण गरिएका अन्य विद्यार्थीमा पनि कानेगुजीको समस्या धेरै पाइएको गौतमले बताउनुभयो ।
कानेगुजीका कारण विद्यार्थीको सुन्ने क्षमतामा कमी देखिएको पाईएका दर्पण स्कुलका गोपाल गेलालले बताउनुभयो ।