प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार १७:३८

विराटनगर, २६ कार्तिक । विराटनगर – ४ राजवंशी चौकस्थित अर्पण स्कूलका शिक्षकले एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अपर्ण स्कूलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका – २ टंकिसीनवारीका १४ वर्षिय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छिन् । स्कूलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कूल नआएको भन्दै हिजो दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ ।

शिक्षकले पाइपले कुटपिट गर्दा विद्यार्थी भण्डारीको शरीरको पछाडिको भागमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताउनु भयो । बस्नसम्म हुन नसक्ने गरि छोरीमाथि शिक्षकले कुटपिट गरेको उहाँको भनाइ छ ।

त्यही पीडाले रातभरी छोरी नसुतेको पुष्पाले बताउनु भयो । स्कूलले लिएको परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेको उनका साथीहरुले बताएका छन् ।

यस अघि पनि शिक्षक बस्नेतले पटक पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको विद्यार्थीहरूको आरोप छ । अर्पण स्कूलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गर्नु भयो । ‘नियमित स्कुल नआएपछि तर्साउन शिक्षकले कुटपिट गरेको हुनु पर्छ,’ प्रिन्सिपल विष्टले भन्नु भयो, ‘विद्यार्थीलाई नपिटी पढाउन सबै शिक्षकलाई भनेको भए पनि रिसको झोंकमा शिक्षकले विद्यार्थीलाई कुटेको थाहा पाएँ ।’ छलफल गरेर विवाद मिलाउने उहाँले बताउनु भयो ।

पीडितका आफन्त मंगलबार निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिन गएका छन् । अभिभावकले कुटपिटबाट पीडित भएकी बालिकाको स्वास्थ्य परीक्षण र उपचार कोसी अस्पतालमा गराएर मोरङ प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३