प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार १७:३३

विराटनगर, २६ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुशासन कायम गर्न प्रदेश सरकारले भ्रष्ट्राचारमा शुन्य सहनशीलता अपनाएको बताउनु भएको छ ।

आज स्थानीयतहको पदाधिकारीबीच सुशासन सम्बन्धी विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले कुनैपनि कार्यमा भ्रष्टचार गर्ने छुट कसैलाई नहुने प्रस्ट पार्नु भयो ।

कार्यक्रममा उहाँले जवाफेदिहिता र पारदर्शितासहित सुशासन आजको आवश्यक्ता भएको स्पस्ट पार्नु भयो । सेवाप्रवाहका क्रममा जनताले सुशासनको अनुभूत गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिदैं उहाँले विभिन्न नीति निमार्ण, वजेट तथा विकास योजना बनाउदा सुशासनमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

सोही क्रममा प्रदेश एक सामाजिक विकासमन्त्री जिवन घिमिरेले सुशासनको अभ्यास आफ्नै घर, समाजबाट सुरु गर्नुपर्नेमा जोड दिनु भयो ।

अमेरिकन दुतावास, नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग संगठनको आयोजनमा सुरु भएको त्रिदिवसीय कार्यक्रममा प्रदेश नं १ र २ का स्थानीय तहका उपप्रमुख तथा स्थानीय तहका प्रतिनिधीको सहभागिता रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३