प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार १७:५८

विराटनगर, २१ कार्तिक । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ ।

सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेको बेला विराटनर जेसीसले भ्रमण वर्षलाई टेवा पुर्याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ कार्यक्रम अन्र्तगत विराटनगर जेसीसले मनाउने साताभरीको कार्यक्रम पनि आज विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजानक गरेको छ ।

सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम छ । प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पुर्याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिनु भयो ।

‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन हामी त्यहाँ स्टल रहनेछ,’ अध्यक्ष बजगाईले भन्नु भयो, ‘ यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा हामी जानकारी गराउछौं । यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’ सोही दिन पर्यटकीय स्थलको विवरणहरु संकलन गरी विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल र्याली निस्किनेछ । उक्त र्यालीमा १ सय जना युवाहरूको सहभागिता हुनेछ ।

उनीहरूले भ्रमण वर्षको प्रचार प्रसार पनि गर्नेछन् । शनिबारदेखि सुरु हुने कार्यक्रम कार्तिक २९ गते समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजकमा उज्जल खरेल रहनु भएको छ भने अन्य दैनिक हुने कार्यक्रमको पनि छुटा छुट्टै दिनका संयोजकहरू तोकिएको छ । विराटनगर जेसीसले युवा व्यवसायीहरूलाई ‘बिजनेश टे«डिङ्ग’ पनि दिने भएको छ ।

उक्त ट्रेडिङ्ग कात्तिक २८ गते हुनेछ । यस्तै स्टेशनसरीको सामग्री वितरण, अन्तर स्कूल टे्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेता मुलक कार्यक्रम हुने मुख्य कार्यक्रम संयोजक उज्जल खरेलले बताउनु भयो । उहाँले अनुसार जेसीस सप्तहा सम्पन्न गर्न तीन लाख खर्च हुने जानकारी गराउनु भयो ।

सप्ताहको अन्तिम दिन विभिन्न क्षेत्रका तीन जना युवाहरूलाई सम्मान गरि कार्यक्रमको समापन हुने बताइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३