प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार १७:४२

विराटनगर, २१ कात्तिक । सरकारी मोटरसाइकलमा भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट वन अधिकृतका छोरा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाटबाट सप्तरी राजविराज नगरपालिका– २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका हुन् । उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

बुवा सत्यनारायणले चलाउने गरेको वन कार्यालयको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा कपिललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो ।

गत आइतबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परे पनि प्रहरीले भने यस घटनालाई गोप्य राख्न खोजेको थियो । डीएसपी खिँउजुले कानुनद्धारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ‘सप्लाई’ भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेको बताउनु भयो ।

कपिलले कम्मरमा बाँधेर ल्याएको अवस्थामा प्रहरीले डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध बरामद गरेको छ । उनी विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी खिँउजुले दिनु भयो ।

प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण भारतबाट हुने लागुऔषध तस्करीमा सरकारी मोटरसाइकल प्रयोग गरिएको खुलेको डीएसपी खिँउजुको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३