प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार १७:१३

विराटनगर, २१ कात्तिक । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा आज विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै नेपाल–भारत सीमा क्षेत्र विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा विरोध प्रर्दशन गरेको हो । ‘देशभरका सम्पुर्ण राष्ट्रभक्त युवा एकजुट होऔँ’ भन्ने नाराका साथ विरोध सभा गरिएको थियो । ‘गो ब्याक इण्डिया’ को नारा र ब्यानरसहित प्रदर्शन गरियो ।

विराटनगर रानी बसपार्क नजिकै आयोजित कोणसभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

युवाहरूले सीमा मिचिँदा गोर्खालीहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छन् ।

पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्प्याधुरालगायतको क्षेत्र भारतले आफ्नो नक्सामा समेटेपछि देशभर अहिले आन्दोलन भइरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३