प्रकाशित : २० कार्तिक २०७६, बुधबार १७:४६

विराटनगर, २० कात्तिक । उपनिर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेर कार्यालय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेत्रृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।

वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले टोकेर मृत्यु भएपछि त्यहाँ आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो । अधिकृतको कार्यालयबाट निर्वाचनका लागि गर्नु पर्ने सबै कामहरु सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताउनु भयो ।

उहाँकाअनुसार दुईवटा मतदान स्थल रहेको वडामा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३