प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १८:२२

विराटनगर, १७ कात्तिक । लोप हुने अवस्थामा पुगेको कुस्ती खेल संरक्षणको प्रयास मोरङमा सुरु भएको छ । कुस्तीका सौखिन सर्वसाधारण आफै यो मौलिक खेललाई जोगाउन लागि परेका छन् । स्वस्थ्य शरीर र मनोरञ्जनकालागि खेलिने कुस्ती पछिल्लो समय लोप हुँदै गएपछि संरक्षणका लागि चासो दिन थालिएको हो ।

मौलिक संस्कृतिसँग जोडिएको कुस्तलाई संरक्षण र सम्वद्धनका लागि विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय युवाहरु सम्मिलित दिपावली तथा छठ पूजा समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले हजरौं दर्शकमाझ कुस्तीमा आफ्नो कलाकौशल र शक्ति प्रर्दशन गरेका छन् ।

प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरु सहभागी भएका छन् । कुस्ती संरक्षणकै लागि आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिइने प्रतियोगिता संयोजक रवीन्द्रकुमार दास तत्माले बताउनु भयो । मौलिक परम्परा अनुसार आयोजना गरिएको प्रतियोगितामा सहभागीलाई हौशला प्रदान गर्न परम्परागत रुपमा ढोल बजाएर उत्साहित बनाइएको थियो ।

नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शक अति रोमाञ्चित भएका थिए । तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका पहलमानहरु थिए ।

तर पछिल्लो समय मनोरञ्जनका आधुनिक साधनहरुको विकास भएपछि कुस्ती प्रतियोगिताको आयोजना शुन्य प्राय हुँदा यो खेलबाट अधिकांश खेलाडीहरु पलायन भएको तत्माको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३