प्रकाशित : ९ कार्तिक २०७६, शनिबार १७:३२

विराटनगर ९ कात्तिक । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चाडपर्वहरुले जागरण ल्याउनमा सहयोग गर्ने बताउनु भएको छ ।

नेपालीहरु मनाउने चाडपर्वले जागरण ल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । प्रेस संगठन मोरंगले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले पत्रकारहरुलाई व्यावसायिक हुन आग्रह पनि गर्नुभयो ।

पत्रकारहरुको संख्यात्मक बृद्धिसँगै व्यावसायिकतामा जोड दिन उहाँको आग्रह छ । उहाँले भन्नुभयो,‘ सवैजना व्यावसायिक हुन आवस्यक छ ।’ निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) नेपालका अध्यक्ष टीकाराम पुरीले नेपालीहरुले माउने चाडपर्वले भ्रष्टाचार र ढिलासुस्तीलाई पराजित गरोस भनि कामना गर्नुभयो । उहाँले हरेक व्यक्तिले गर्ने काम उत्पादनलाई उत्पादनसँग जोड्न आवस्यक रहेको उहाँले बताउनुभयो ।

प्रेस संगठन नेपालका लीलाराज भट्टराईले नेपालीहरुले मनाउने मौलिक चाडपर्वहरु धेरै महत्वपूर्ण रहेको बताउनुभयो । चाडपर्वको अवसर पारि गरिने कार्यक्रमले संस्कृति जगेर्ना गर्नमा मद्धत पुग्ने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, मोरंग अध्यक्ष बन्धु पोखरेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समूहका उपाध्यक्ष हरिबहादुर खत्री, कलाकार दीपेन्द्र थापा, मल्लिका शंकर, अमन अलि लगायतले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रेस संगठन मोरंगले हरेक वर्ष काग तिहारका दिन शुभकामना आदान प्रदान कार्यक्रम गरि सेलरोटी खुवाउँदै आएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३