प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १७:१७

विराटनगर, ६ कात्तिक । मोरङमा मन्त्रीपरिषद्बाट स्वीकृत भएर आएका प्रहरीका पाँचवटा नयाँ युनिट थप हुने भएका छन् । नयाँ थप हुनेसहित जिल्ला प्रहरी युनिटको संख्या ९७ पुग्ने छ ।

यस अघि स्थायी र अस्थायी गरेर ९२ वटा प्रहरी युनिट मोरङमा थिए । नयाँ थप भएर आएका युनिटमा बूढीगंगा गाउँपालिकामा प्रहरी चौकी बाँसबारी, ग्रामथान गाउँपालिकामा प्रहरी चौकी तेतरिया, कटहरी गाउँपालिकामा प्रहरी चौकी कटहरी, जहदा गाउँपालिकामा प्रहरी चौकी तारेगामा र लेटाङ नगरपालिकामा प्रहरी चौकी बुधबारे रहेका छन् ।

एउटामा १५ जना प्रहरीको दरबन्दी कायम गरिएको छ । नयाँ चौकी स्थापनाका लागि प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । नयाँ थप हुने बाहेक सुन्दरहरैंचा नगरपालिकामा रहेको विराटचौक प्रहरी चौकीको स्तरवृद्धि गरिने भएको छ । सर्वसाधारणको माग र शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउने सवालमा आवश्यकता देखिएपछि गरिएको सिफारिसका आधारमा नयाँ युनिट थपका लागि स्वीकृति प्राप्त भएको एसपी अधिकारीले बताउनु भयो ।

नयाँ प्रहरी चौकीका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनु पर्ने छ । अहिले प्रहरी चौकीलाई आवश्यक पर्ने जग्गा यकिन गर्ने काम भइरहेको बताउँदै एसपी अधिकारीले एउटा चौकीका लागि पहाडी क्षेत्रमा पाँच रोपनी र तराई क्षेत्रमा तीन कट्ठा जग्गा आवश्यक पर्ने बताउनु भयो । प्रहरी चौकी बुधबारेको जग्गा यकिन भइसकेको र तेतरिया तथा तारेगामाको प्रक्रिया अघि बढिसकेको उहाँले बताउनु भयो । अन्य दुईवटाका लागि सम्बन्धीत स्थानीय तहसँग जग्गा माग गरिएको उहाँको भनाइ छ ।

सबै प्रहरी चौकीका लागि जग्गा यकिन भइसकेपछि संरचना निर्माणका लागि बजेट माग गरेर काम अघि बढाइने जानकारी अधिकारीले दिनु भयो । उहाँले चालु आर्थिक वर्ष भित्रमै नयाँ प्रहरी चौकीहरु सञ्चालनमा आइसक्ने जानकारी पनि दिनु भयो । मोरङमा यस अघि मोरङमा एक हजार तीन सय दुई प्रहरीको दरबन्दी थियो ।

अब दरबन्दी संख्या एक हजार तीन सय ७७ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३