Breaking News

नेकपा मोरंगको चियापान कात्तिक ८ गते

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १७:३९

विराटनगर,३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले चाडपर्वको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम यस वर्ष कात्तिक ८ गते शुक्रबार पार्टी कार्यालय पाञ्चालीमा गर्ने भएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनुहुने निश्चित गरिएको मोरङ सहइन्चार्ज गोपी अच्छामीले जानकारी दिनुभयो । विशेष अतिथिका रुपमा आउनु हुने पार्टीको स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुहुुने छ ।

पार्टीका नेता तथा कार्यकर्ताको लागि सोही दिन बिहान ११ बजे र अन्य आमन्त्रितहरुलाई दिउँसो ३ बजेको समय निर्धारण गरिएको छ । शुभकामना तथा प्रशिक्षण कार्यक्रमको लागि जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा यहाँस्थित प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु, जनसंघठनका पदाधिकारीहरु, महानगर कमिटीका सदस्यहरु रहेको मूल आयोजक कमिटी निर्माण यसअघि नै गरिएको छ ।

आयोजक कमिटीको आज विराटनगरमा बसेको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यो चियापान वा शुभकामना मात्र होइन पार्टी कार्यकर्ताहरुलाई चार्ज गर्ने कार्यक्रम पनि रहेको बताउनुभयो ।

पार्टीका गतिविधि, निर्णय, धारणा,आगामी रणनीति, अनुशासन आदिका विषयमा स्कुल विभाग प्रमुखले प्रशिक्षण दिनुहुने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

सोही दिन जिल्लाका सबै कमिटीमा आवद्ध तथा कार्यकर्तालाई सहभागी हुन पनि आव्हान गरिएको छ । कम्तिमा पाँच हजार नेताहरु तथा अन्य थुप्रै कार्यकर्ताहरु उपस्थित हुने अध्यक्ष पोखरेलले बताउनुभयो ।

मञ्च तथा अन्य व्यवस्थापनका लागि नेता बाबुराम कार्कीको संयोजकत्वमा एउटा कमिटीसमेत बनाइएको छ । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आगामी केही दिन दिनानुदिन वैठक तथा अन्य गतिविधिहरु सञ्चालन गरिने पार्टीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३