Breaking News

अवैध रूपमा भित्र्याईएको कुखुरा नष्ट

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १७:३०

विराटनग ३ कात्तिक । मोरंगको सुनबर्षीबाट प्रहरीले करिव तीन लाख बराबरको कुखुरा नष्ट गरेको छ ।

सुनवर्षी नगरपालिका वडा नं. ८ विश्वकर्मा टोलमा संचालनमा रहेको नवि हुसेनको कुखुरा फारमबाट भारतबाट अवैध रूपमा भित्र्याईएको ठूलो साईजको कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १ हजार ५० वटा र केही दिन हुर्केको चल्ला १ हजार १०० वटा बरामद गरी नष्ट गरिएको छ ।

पशु क्वारेन्टाईन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशवकुमार सिंहको उपस्थितिमा भएको सो कारवाहीमा करिव २ लाख ९३ हजार मुल्य बराबरको कुखुरा तथा चल्लाहरू नष्ट गरिएको हो ।

हुसेन लामो समय देखि अवैध भारतीय कुखुराहरू बिक्री वितरणमा संलग्न हुँदै आएको स्थानीय बासिन्दाको उजुरीको आधारमा प्रहरीले कारवाही शुरु गरेको जनाईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३