Breaking News

प्रदेश नं. १ मा अपाङ्गता उन्मुलन गरिने

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार १७:१२

विराटनगर, २ कात्तिक । प्रदेश नं. १ मा आगामी चार वर्ष भित्रमा अपाङ्गता पूर्ण रुपमा उन्मुलन गरिने भएको छ । प्रदेश सरकारले पाईलट प्रोजेक्टका रुपमा २७ वटा स्थानीय तहमा अपाङ्गता उन्मुलन अभियान शुरुवात गर्ने तयारीमा रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

अपाङ्गता भएकाहरुलाई पुर्नस्थापित गर्ने र उनीहरुको सरल जीवनका लागि मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । विराटनगर ५ मा आज राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री घिमिरेले अपाङ्गता भएका बच्चाको जन्म नहोस् भन्नका लागि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीन वर्ष भित्र प्रदेश भित्रका सवै स्थानीय तहमा अभियान पुगिसक्ने छ ।’

बच्चा जन्माउनुपुर्व दम्पतीले स्थानीय सरकारलाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । ‘दम्पतीले तीन महिना अघि जानकारी गराएपछि सरकारले आवस्यक सल्लाह दिने र विशेष निगरानी राख्ने छ’ मन्त्रि घिमिरेले भन्नुभयो । गर्भवति महिला भएको घरमा सरकारले स्टिकर टाँसेर उनीहरुका लागि आवस्यक सहयोग गरिने र स्वास्थ्य परामर्श नियमित गरिने उहाँले बताउनुभयो ।

विगतमा औलो, पोलियो र विफरजस्ता रोगको उन्मूलन भएजस्तो रोग लाग्न नदिन प्रदेश सरकारले चलाएको अभियानलाई सहयोग पुर्याउनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले मोरंगका १ लाख ९ हजार बालबालिकालाई भिटामिन ए र ९७ हजार बालबालिकालाई जुकाको औषधि खुबाउने बताउनुभयो । अभियान अन्र्तगत बालबालिकाको पाखुराको नाप लिएर सुक्ष्म पोषक तत्वपनि खुवाईने बताउनुभयो । कार्यक्रममा विराटनगर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत उदेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

भिटामिन ए तथा जुकाको औषधि आज र भोली देशभर खुवाइदैछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३