Breaking News

प्रदेश नं. १ मा विद्युतको समस्या समाधान हुँदै

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १७:२५

विराटनगर, १ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश नं. १ मा विद्युतको समस्या समाधान हुँदै गएको बताउनु भएको छ ।

ट्रान्समिशन लाइन वन्ने क्रममा रहेकाले आगामी १ देखी २ वर्ष भित्र प्रदेश नं. १ मा प्रशस्त मात्रामा विद्युत उपलब्ध हुने भएकाले आगामी वर्षहरुमा विद्युतको समस्या नहुने वताउनु भयो ।

उहाले ३ वर्ष अघि र हालको समस्या फरक रहेकाले प्राधिकरण आन्तरिक सुधारका कार्यक्रम जारी राखेको वताउनु भयो । विद्युत प्राधिकरणले सिस्टमलाई विश्वसनीय र गुणस्तरीय सुधार गर्नू चुनौतीका रुपमा रहेतापनी त्यस तर्फ आफुहरु कटिवद्ध रहेको वताउनु भयो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले लोड र सप्लाई वीच सामान्यजस्यता नभएकाले ट्रिपिङ, लो भोल्टेज लगायतको समस्या आउने गरेको भएतापनि सुधारका लागी योजना अनुसार कार्य भई रहेको वताउनु भयो । उहाले नेपाल विद्युत प्राधिकरणको ग्रिडमा विद्युत थप हुने क्रम जारी रहेकाले प्राविधिक समस्याहरु सुधार हुदै जानेमा विश्वस्त हुन उद्योगी/व्यवसायीलाई अनुरोध गर्नुभयो । उद्योग संगठन मोरंगको आयोजनामा आज उद्योगी/व्यवसायीवीचको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सो कुरा बताउनु भएको हो ।

छलफलमा उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले लोडसेडिङगको समस्या समाधान भएपनि वारम्वारको ट्रिपिङ, लो भोल्टेज लगायतको समस्या समाधान नभएकोले उद्योगी/व्यवसायीले ठुलो आर्थिक नोक्सानी व्यर्होनु परिरहेको बताउनुभयो । उहाले ट्रिपिङका कारण उद्योगको उत्पादनमा ह्रास, कच्चा पदार्थ खेर जाने समस्या, मील मेसिनरी विग्रनु जस्ता कारणले उद्योग/व्यवसायीलाई थप आर्थिक भार वहन गर्नु परिरहेको वताउनु भयो ।

अध्यक्ष घिमिरेले यस क्षेत्रको विद्युतको समस्या समाधानका लागी नेपाल विद्युत प्राधिकरण गम्भीर हुनुपर्ने, कटैया–मुज्जफरपुरबाट प्राप्त विद्युत प्रदेश १ लाई वितरण गर्न कार्यकारी निर्देशक घिसिङ समक्ष अनुरोध गर्नु भयो । उहाले उद्योगी/व्यवसायीले लगायत सर्वसाधारणले भोग्दै आएका समस्या समाधानमा नेपाल विद्युत प्राधिकरणले पुर्याएको सहयोगको उच्च प्रशंसा गर्दै अगामि दिनमा विद्युतको गुणस्तर सुधार्न थप सक्रियका साथ लाग्न अनुरोध गर्नु भयो ।

संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले नेपाल विद्युत प्राधिकरणको आगामी ५ वर्षे योजना के रहेको, विद्युत उत्पादन वढ्दै गएपछि महशुल घटाउने योजना के कस्ता रहेको विषयमा प्राधिकरणले प्रष्ट पार्न सकेमा उद्योग/व्यवसाय स्थापनाको सम्भावना थप वढने विचार व्यक्त गर्नुभयो ।

मोरंग व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले लोडसेडिङ न्यूनिकरण भएतापनि अन्य प्राविधिक समस्याहरु समाधान तर्फ समेत गम्भीर हुन प्राधिकरणका कार्यकारी निर्देशक समक्ष अनुरोध गर्दै विराटनगर क्षेत्रको ट्रिपिङको समस्या समाधान गर्न अनुरोध गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३