Breaking News

विराटनगर ३० असोज । प्रदेश नं. १ का झण्डै चार दर्जन सामुदायिक विद्यालयका विद्यार्थीको रुची पहिचान गरिने भएको छ । गत वर्ष १० वटा विद्यालयबाट शुरु गरिएको कार्यक्रम ४४ वटा विद्यालयमा पुर्याईने भएको छ । विराटनगर महानगरपालिका, झापाको कन्काई नगरपालिका, सुनसरीको दुहवी नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अन्तरङ साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट काठमाण्डौंले यूवाहरुका लागि बृत्ति मार्गनिर्देशन कार्यक्रम शुरु गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई विशेष गरि यो कार्यक्रम भित्र समेटिएको कार्यक्रम निर्देशक सुश्मा रेग्मीले बताउनुभयो । उहाँका अनुसार परियोजना शुरु गर्नुपुर्व सन् २०१७ मा ७ वटै प्रदेशका १ हजार ३१ विद्यार्थीको अध्ययन गरि कार्यक्रम शुरु गरिएको हो । गत वर्ष नमूनाका रुपमा रुची पहिचान कार्यक्रम गरिएको रेग्मीले बताउनुभयो ।

कार्यक्रम शुरु गरिएका विद्यालयका २ जना शिक्षकलाई ७ दिनको प्रशिक्षक प्रशिक्षण तालिम दिएर विद्यार्थीको रुची पहिचान गर्ने गरिएको उहाँको भनाई छ । विराटनगरमा आज ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन कार्यक्रममा उहाँले देशभरका १ सय विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले अवको शिक्षा बजार सुहाउँदो हुनुपर्ने बताउनुभयो । सीप भएको व्यक्तिले दुःख नपाउने उहाँले बताउनुभयो । शिक्षालाई रुपान्तरण गर्न सकेमात्र मुलुक सम्बृद्ध हुने प्रमुख चौधरीको भनाई छ ।

झापाको कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले सीप सहितको व्यक्ति उत्पादन गर्न सकेमा उसले जागिरका लागि कसैलाई भनसुन गर्नु नपर्ने बताउनुभयो । उहाँले अहिलेको शिक्षा बेरोजगारी उत्पादन गर्ने फ्याक्ट्री जस्तो भएको बताउनुभयो । दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर) का कञ्चन लामाले विद्यार्थी रुची पहिचान कार्यक्रमले उनीहरुको व्यक्तित्व पहिचान गराउन सहज हुने बताउनुभयो । कक्षा ९ र १० का विद्यार्थीलाई आधारभुत जानकारी दिएको खण्डमा उनीहरुलाई निर्णय लिन सजिलो हुने उहाँको भनाई छ ।

विराटनगर महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले शैद्धान्तिक शिक्षाले मात्रै विद्यार्थीको वृत्तिविकास हुन नसक्ने भएकाले गत वर्ष नमूनाका रुपमा ५ वटा विद्यालय छनौट गरि कार्यक्रम गरिएको बताउनुभयो । अहिले १० वटा विद्यालयमा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

कक्षा ९ र १० का विद्यार्थीलाई आफ्नो रुची र क्षमता श्रम वजारमा कत्तिको मेल खान्छ भनेर मार्गदर्शन मिल्ने नगर शिक्षा अधिकारी खतिवडाले बताउनुभयो । जनपथ मवि विराटनगरका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले विद्यार्थी रुची पहिचान गरिने हुँदा कार्यक्रम धेरै प्रभावकारी भएको बताउनुभयो ।

तालिममा विराटनगर, दुहवी, कन्काई र त्रियुगा नगरपालिका भित्रका १७ विद्यालयका ३४ शिक्षक÷शिक्षिका सहभागि छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३