प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १६:५८

विराटनगर, २८ असोज । प्रहरीले विराटनगर महानगरपालिका–४ कन्चनबारी चोकबाट अवैध हुण्डी कारोवारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार सोमबार पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका – ३ का २४ वर्षीय उमाकान्त राय छन् ।

रायले बोकेको झेला खानतलासी गर्दा विभिन्न दरका नेपाली नोट १० लाख रुपैयाँ, प्राईम बैंक र एनसीसी बैंकको चेक बुक लगायतका सामान फेला परेको प्रहरीको भनाइ छ ।

डीएसपी खिँउजुले बरामद भएको रकम हुण्डी कारोवारको भएको पुष्टि भएपछि पक्राउ गरेर रायलाई मंगलबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको बताए ।

उनकाअनुसार कन्चनबारी चोकमा हुण्डी कारोबार गर्ने व्यक्ति हिंडडुल गरिरहेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले रायलाई पक्राउ गरेको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३