प्रकाशित : २७ आश्विन २०७६, सोमबार ११:३५

पथरीशनिश्चरे, २७ असोज । मोरङको पथरी शनिश्चरे नगरको प्रथम जातिको रुपमा घोषित धिमाल जातिले आफ्नो पहिचान झल्काउन नगरको सीमा क्षेत्रमा स्वागत बोर्ड राखेको छ ।

प्रथम नागरिक धिमाल जाति समन्वय समितिका संयोजक भूवन धिमाल, सचिव पदम धिमाल, नगर कार्यपालिका सदस्य तिलबहादुर धिमाल, वडा सदस्य खरिन्द्र धिमाल, वडा सदस्य रोमान्सी धिमाल, धिमाल जातीय विकास केन्द्रका नगर अध्यक्ष साजन धिमाल तथा धिमाल अगुवा गंगाबहादुर धिमाल सहभागितामा पहिचान उल्लेख भएको बोर्ड राखिएको छ ।

नगरपालिकाको सहयोगमा पूर्वपश्चिम मुख्य सडकको नगरको पूर्वको सिमाना सुनझोडा खोला र पश्चिमको सिमाना मोरङ्गी खोला पुल छेउ जिरिखिम्तीमा जातीय पहिरनका महिला पुरुष रहेको फोटो सहित स्वागत बोर्ड राखिएको हो । पथरीशनिश्चरेका साथै बेलबारी झापाको दमक सहितले धिमाललाई पहिलो जातिका रुपमा घोषणा गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३