Breaking News

सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १७:०६

विराटनगर, १६ असोज । विराटनगरमा एक सिटी सफारी चालकले आज बिहान महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ । मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको बिजुलीमा चार्ज गरेपछि दुई पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।

मायादेवीले बिल धेरै उठ्ने भन्दै आफ्नो घरको बिजुलीमा चार्ज नगर्न आग्रह गर्दा मेघराजले बिहान ११ बजे चक्कु हानेको प्रहरीको भनाइ छ । चक्कु प्रहार गरेर फरार भागेका मेघराजलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर राना नेत्रृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

मेघराजले भने मायादेवीले आफूलाई दिनु पर्ने पैसा नदिएको र उल्टै विवाद गरेका कारण आवेसमा आएर चक्कु प्रहार गरेको प्रहरीलाई बताएका छन् । घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३