Breaking News

सामाजिक विकास मन्त्रालयको वित्तिय प्रगति ८२ प्रतिशत

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १७:२७

विराटनगर, १४ असोज । प्रदेश नंं १ को सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्ष २०७५/०७६ मा ८२ दशमलव ८६ प्रतिशत खर्च गरेको छ । विनियोजित बजेट ४ अर्ब १९ करोड ४६ लाख ४७ हजार ८ सय ९६ रुपैयाँ मध्ये ३ अर्ब ४७ करोड ५६ लाख ९५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको हो ।

मन्त्रालयले वित्तिय तर्फ ८२ दशमलव ८६ र भौतिक तर्फ ९० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रगति तथा चालु आर्थिक वर्षको कार्यक्रमहरुको आज विराटनगरमा पत्रकार सम्मेलन मार्फत प्रस्तुतीकरण गर्दै मन्त्रालयले सो प्रगति हासिल गरेको जनाएको हो । मन्त्रालयले गत आर्थिक वर्षमा ४ वटा ऐन र २ वटा नियमावली पारित गरेको जनाईएको छ । सामाजिक विकास मन्त्रालयका लागि ३० वटा ऐन आवस्यक पर्नेमा ४ वटा पारित भएको, ७ वटा मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति भएको र ५ वटा विधेयकको मस्यौदा तयार गरिएको यूवा तथा खेलकुद महाशाखा प्रमुख दामोदर फुयाँलले बताउनुभयो ।

बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उहाँले मन्त्रालयका लागि ३० वटा नियमावली आवस्यक पर्नेमा २ वटा पारित भएको र एउटा विधेयकको मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँका अनुसार पारित भएका ऐनहरुमा सामाजिक विकास संस्था ऐन, प्रदेश घरेलु हिंसासम्बन्धी ऐन, प्रदेश खेलकुद ऐन, र मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । तर्जुमाको चरणमा रहेका विधेयकहरूमा जनस्वास्थ्य विधेयक, बालबालिकासम्बन्धी विधेयक, जेष्ठ नागरिकसम्बन्धी विधेयक, बहुजातीय सांस्कृतिक संग्रहालयको स्थापना गर्नेसम्बन्धी विधेयक, प्रदेश प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी विधेयक, प्रदेश शिक्षासम्बन्धी विधेयक रहेका छन् ।

पारित भएका नियमावलीहरुमा सामाजिक विकास संस्था नियमावली र प्रदेश घरेलु हिंसा नियमावली रहेका छन् । सामाजिक विकास मन्त्रालयले विभिन्न ११ वटा कार्यदल निर्माण गरि अध्ययन प्रतिबेदन तयार गरिएको जनाएको छ ।

मन्त्रालयले प्रदेश नं १ का सबै स्थानीय तहका कम्तिमा १० वटा विद्यालयहरूमा आईसीटी ल्याव, विज्ञानप्रयोगशाला र शौचालय स्थापना गरिएको जनाएको छ । १ सय ३७ वटा सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भएको र ९ सय ५९ वटा सामुदायिक विद्यालयहरूमा इ–एजुकेशनका लागि कम्प्युटर आईसीटी ल्याव सँगै इन्टरनेट र स्मार्टबोर्ड जडान गरिएको बताईएको छ ।

१ सय ३७ वटा सामुदायिक माध्यमिक विद्यालयमा सरसफाई तथा स्वच्छ पिउने पानीको ब्यवस्थापन भएको, १ सय ३० वटा माध्यमिक विद्यालयहरूमा छात्रा शौचालय निर्माण भएको, ३८ वटा सामुदायिक पुस्तकालयको क्षमता विकास गरिएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ४ अर्व १६ करोड ६८ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको जनाएको छ । विनियोजित बजेट मध्ये स्वास्थ्य क्षेत्रमा ५१ र शिक्षामा ३६ प्रतिशत छुट्याएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयका हरेक कार्यक्रम प्रदेशका सवै स्थानीय तहमा पुगेको बताउनुभयो । मन्त्रालयले गरेका हरेक काम पारदर्शी भएको उहाँले दावी गर्नुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३