Breaking News

भट्टराईलाई मैनाली पत्रकारिता पुरस्कार

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १७:३३

विराटनगर, १३ असोज । जर्नादन मैनाली स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार इन्दिरा भट्टराई पुरस्कृत हुनुभएको छ ।  प्रेस संगठन नेपाल मोरङले आज विराटनगर एक कार्यक्रम आयोजना गरि पत्रकार भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

भट्टराईलाई संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले दोसल्ला ओढाएर कदरपत्र र नगद राशि प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले जोखिम मोलेर गरिएको पत्रकारिता सम्मानित पेशा भएकोले यसको विस्तार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनउत्तरदायी भएर सत्यतथ्यमा रहेर पत्रकारिता गर्न आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा प्रेस संगठन नेपालका लिलाराज भट्टराई, नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईंटेललगायलते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो पुरस्कारबाट यसअघि १० जना पत्रकार पुरस्कृत भईसकेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३