Breaking News

प्रदेश प्रहरीको सुरक्षा योजना

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १७:१७

विराटनगर, १३ असोज । नजिकिदो चाडपर्वलाई लिएर प्रदेश एक प्रहरीले सुरक्षा योजना अघि सारेको छ । विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक शेखर कोइरालाका अनुसार यसबीच प्रहरीले मातहतका १४ जिल्लाहरुमा अनुगमन तथा सुपरिवेक्षण गर्ने छ ।

कोइरालाले चाडवाडमा अप्रिय घटना नहोस भन्नका लागि १४ जिल्लामा जनपथ प्रहरीतर्फ ७ हजार ७ सय ७१ जना खटिने जानकारी दिनु भयो । उहाँले २४ घण्टा राजमार्गमा विशेष चेकिङका लागि २ सय ५९, कार्यालय सुरक्षामा १ हजार १ सय ३२, मोबाईल गस्तीमा ५ सय ९ जना खटिने जानकारी दिनु भयो ।

त्यसैगरि, सडक दुर्घटनातर्फ लक्षित हुदै प्रहरीले राजमार्ग स्र्कटिङतर्फ १ सय ६७, ट्राफिकसहितको संयुक्त चेकिङमा ४ सय ९८ र हतियारसहित लोकमार्गमा क्रस पेट्रोलिङमा १ सय ५ जना प्रहरी खटिनेछन् । त्यसैगरि, दंगा नियन्त्रणतर्फ १ सय ६२ जनालाई खटाइएको जनाइएको छ ।

प्रवक्ता कोइरालाका अनुसार ट्राफिकतर्फ १४ जिल्लामा ३ सय ७ जना खटिनेछन ।

त्यसैगरि, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चाडवाडको अवसरमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले १४ जिल्लाका विभिन्न बसपार्कहरुमा अभियानका रुपमा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामनासहित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३