Breaking News

प्रदेश १ सरकारले एकेडेमी बनाउने

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १७:१६

विराटनगर, १३ असोज । प्रदेश १ का मुख्यमन्त्री शरेधन राईले प्रगतिशिल समाज निर्माणकालागि सरकारले एकेडेमी बनाउन लागेको बताउनु भएको छ ।

आज बौद्धिक सरोकार केन्द्रले विराटनगरमा आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु पुस्तकको बिमोचन गर्दै मुख्यमन्त्री राईले सचेतनामुलक समाज निर्माणकालागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन लागेको बताउनुभयो । प्रदेश स्तरिय सो एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास गराउने मुख्य मन्त्री राईले बताउनुभयो ।

उहाँले प्राडा गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु प्रगतीशिल साँस्कृतिक चेतको विकास गराउनकालागि फरक दृश्टिकोणबाट लेखिएको पुस्तक अति नै महत्वपुर्ण र सान्र्दभिक रहेको बताउनुभयो ।

बिमोचन कार्यक्रमा प्राडा बद्री विशाल पोखरेललले हिन्दु धर्म र सँस्कृतिको बिकृतीबारे लेखिएको पुस्तक ओझलका यथार्थ आश, त्रास र वतासबाट मुक्त रहेको वताउनुभयो ।

प्राडा पोखरेलले अन्ध बिश्वासको भासामा फसेर समाजबाद आउदैन भन्दै प्रगतिशिल चेतको बिकासकालागि सरकार र राजनैतिनक पाटीहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका केन्द्रिय सदस्य बिनोद ढकालले ओझेलका यथार्थ पुस्तक लेख्ने लेखक प्राडा गणेश क्षेत्री सास्कृतिक क्षेत्रका शिखर बौद्धिक व्यक्तित्व भएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३