Breaking News

विराटनगरमा चाडपर्व लक्षित ट्राफिक सचेतना

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार १८:४६

विराटनगर, १२ असोज । चाडपर्वमा बढ्ने गरेको दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विराटनगरमा आज सचेतना कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा गरिएको कार्यक्रममा सवारी चालकहरुलाई सम्मान गर्नुका साथै सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणमा भूमिका खेल्न आग्रह गरिएको थियो ।

विराटनगर बसपार्कमा गरिएको कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले सवारी चालकहरुलाई फूलमाला, अबिर र खादा सहित सम्मान गर्नु भयो । सो क्रममा बोल्नुहुँदै उहाँले दुर्घटना न्यूनीकरणमा सवारी चालकहरुको भूमिका महत्वपूर्ण रहने बताउनु हुँदै पेसाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गर्नु भयो ।

सवारी चालकहरुकै कारणले बढी दुर्घटना हुने गरेको देखिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ नारा सहित कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव पोखरेलले बताउनुभयो । कार्यक्रममा एकदर्जन बढी बसका चालक, सह चालकका साथै यात्रुहरुलाई चाडपर्वको शुमकामना तथा सुरक्षित यात्राको कामना गर्दै सम्मान गरिएको थियो ।

सो क्रममा विराटनगर बस पार्कबाट पूर्व–पश्चिमतर्फ जान लागेका १० वटा यात्रुवाहक बसलाई ट्राफिक प्रहरीले सम्मानपुर्वक मोरङको नेमुवासम्म स्कर्टिङ गरेको थियो । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभूति गराउन सडकमै गएर समेत अनुगमन गरिने जिल्ला ट्राफिक प्रमुख पोखरेलले बताउनुभयो ।

सो क्रममा चालकहरुलाई मापसे चेक गर्नुका साथै जेष्ठ नागरिकलाई दिनुपर्ने ५० प्रतिसत छुट तथा बढी भाडा लिए नलिएको निरीक्षण गरिने उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहाल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइराला लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३