Breaking News

टिपरको ठक्करबाट बालकको मृत्यु

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार १८:४४

विराटनगर, १२ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक बालकको मृत्यु भएको छ ।

सुकुना चौतारी टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले ठक्कर दिंदा स्थानीय मिलन थपलियाका छोरा १२ वर्षीय लुकाश थपलियाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार टिपरको ठक्करबाट पैदल हिंडिरहेका बालकको दिउँसो साढे १ बजे घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

टिपर र सुन्दरहरैंचा–६ घर भएका चालक ३२ वर्षीय राजु तामाङलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३